काठमाडौं । नेपालमा विशेष गरी बेसारलाई अचुक मसलाको रूपमा प्रयोग गरिन्छ । कतिपयले यसलाई हलेदो वा हल्दीको समेत नाम दिएका छन् । नेपाली खाना बनाउँदा बेसार नहालेको खण्डमा के बेसार नहालेको जस्तो भन्ने उखान नै स्थापित छ ।
बेसार स्वाद, सौन्दर्य र सुगन्ध तीनै दृष्टिकोणले सर्वोत्तम वनस्पति पनि हो । अन्य कुनै मसला नभए पनि हर कोहीले खानामा बेसारलाई अनिवार्य मसलाको रूपमा प्रयोग गरेकै हुन्छ । बेसारमा करिब १५ किसिमका रोगसँग लड्ने क्षमता पनि हुन्छ ।
विभिन्न अध्ययनहरूले यसलाई सौन्दर्य प्रदायक, रक्तशोधक, कफवात नाशक, पित्त शामक, कलेजो उत्तेजक तथा स्वास्थ्यवर्धक औषधि भएको पनि पत्ता लगाएका छन् । अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थले अहिलेसम्म विभिन्न रोगहरूमा बेसारको उपचारात्मक प्रभावको अध्ययन गर्न ७१ भन्दा बढी अनुसन्धान कार्यहरू सम्पन्न गरिसकेको छ ।
बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेँलो रङमा बदलिदिने तत्त्व रहेको हुन्छ । जुन मानव स्वास्थ्यका लागि समेत महत्त्वपूर्ण मानिन्छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतिनो रोगले सताउँदैन ।
अकस्मात् घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत दिन्छ ।
बेसारमा करक्युमिन नामक रसायन रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ । बिहान उठ्ने बित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुने देखिएको छ ।
बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ । नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन ।
नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनबाट बच्न सकिन्छ । यसले समय नपुग्दै आउने चाउरीपनलाई रोक्ने काम गर्छ । यस्तै नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा समेत कम हुने वैज्ञानिक खोज सार्वजनिक भइसकेको छ ।
के के छन् त बेसार पानी बाट हुने फाइदाहरू ?
१- बेसारमा करक्युमिन नामक रसायन रहेको हुन्छ । यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ ।
२- बिहान उठ्ने बित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ ।
३- बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रूपमा काम गर्छ । यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरूसँग लड्ने काम गर्छ ।
४- बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ ।
५- नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन ।
६- शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्त्वले दुखाइ कम गर्न ठुलो भूमिका खेल्छ ।
७- नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनबाट बच्न सकिन्छ । यसले समय नपुग्दै आउने चाउरीपनलाई रोक्ने काम गर्छ ।
८- नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ ।
कति सेवन गर्ने बेसार ?
विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निष्कर्ष निकालेका छन् ।
बेसारमा कर्क्यमिन नामक रासायनिक पदार्थको मात्रा एक प्रतिशतभन्दा तल नघटेको हुनुपर्ने राजपत्रमा प्रकाशित ‘फुड स्टयान्डर्ड’मै उल्लेख गरिएको छ।
खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ डा. हुमा बखिमका अनुसार बेसारमा कर्क्यमिनको मात्रा तीन प्रतिशत जति हुन्छ। त्यस्तै जलांश (तौलका आधारमा) १२ प्रतिशत नबढेको, कुल भस्म १० प्रतिशत नबढेको, एसिडमा नघुल्ने भस्म १.५ प्रतिशत नबढेको, लेड क्रोमेट नभएको अनि कुल स्टार्च ६० प्रतिशत नबढेको हुनुपर्ने उल्लेख गरिएको छ।
विज्ञहरूका अनुसार कुनै औषधि सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान हुँदैन । रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुने बताइएको छ । बेसार तातो वस्तु भएकोले यसको सेवनले शरीरमा ताप उत्पन्न गर्छ त्यसैले गर्मीमा कम खानु उचित हुने विज्ञको भनाइ छ ।
बेसार पानीमा नघुल्ने बरु चिल्लोमा घुल्ने हुँदा दूधमा मिसाएर पिउँदा लाभ हुने विज्ञहरूको भनाइ छ । दूध र बेसारमा थोरै मरीच मिसाएर पिउँदा अझ राम्रो हुन्छ। तर यो पनि अत्यधिक मात्रामा सेवन गर्नु हुँदैन ।