बाथ रोग के हो ?
बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अङ्गलाई असर गरेपछि हुने रोग भन्ने बुझिन्छ । सामान्य रूपमा बुझ्दा बाथ रोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरू दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने अवस्था सिर्जना गर्दछ । हाम्रो समाजमा जोर्नी र शरीर दुख्ने समस्याको एक प्रमुख कारण बाथ रोग भएको यस रोगसँग सम्वन्धित चिकित्सकहरू बताउँछन् ।
एक सय भन्दा बढी प्रकारका बाथ रोग भएता पनि नेपालमा भने आठ प्रकारका बाथ रोगका बिरामीहरू धेरै नै भेटिएका छन् । त्यसमध्ये आम बाथ भनेर चिनिने (र्यूमटोईट आरथ्राईटिस) पुरुष भन्दा बढी महिलाहरूमा देखिँदै आएको छ । यसको सुरुवाती अवस्थामा हात गोडाका जोर्नीहरू दुख्ने, सुन्निने र अररो हुने हुन्छ । रोग छिप्पिँदै गएपछि भने हात गोडाका जोर्नीहरू जाम हुने, बाङ्गिने, बिग्रने र काम नलाग्ने हुन्छन् ।
जोर्नी खिइने बाथ भनेर चिनिने (ओस्टियो आरथ्राईटिस) प्राय गरेर बढ्दो उमेरसँग देखा पर्दछ ।
एकसे भन्दा बढी प्रकारका बाथ रोग भएता पनि नेपालमा भने आठ प्रकारका बाथ रोगका बिरामीहरू धेरै नै भेटिएका छन् । त्यसमध्ये आम बाथ भनेर चिनिने (र्यूमटोईट आरथ्राईटिस) पुरुष भन्दा बढी महिलाहरूमा देखिँदै आएको छ ।
यसको सुरुवाती अवस्थामा हात गोडाका जोर्नीहरू दुख्ने, सुन्निने र अररो हुने हुन्छ । रोग छिप्पिँदै गएपछि भने हात गोडाका जोर्नीहरू जाम हुने, बाङ्गिने, बिग्रने र काम नलाग्ने हुन्छन् ।
जोर्नी खिइने बाथ भनेर चिनिने (ओल्टियो आरथ्राईटिस) प्राय गरेर बढ्दो उमेरसँग देखा पर्दछ ।
कसरी हुन्छ ?
विभिन्न खोज र अनुसन्धानका बाबजुद पनि यो रोगको यकिन कारण पत्ता लाग्न सकेको छैन। वैज्ञानिकहरूका अनुसार मानिसको वंशाणु र विभिन्न वातावरणीय तत्त्वहरूले यो रोग गराउनमा प्रमुख भूमिका खेलेका हुन्छन्।
र्यूमटोईट आरथ्राइटिसमा जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ। यसले गर्दा केही महिनाभित्रै जोर्नी वरपरको कुरकुरे हाड नष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ।
कसरी चिन्ने ?
र्यूमटोईट आरथ्राइटिस नेपाली समाजमा जिउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो। रोगको सुरु अवस्थामा हात गोडाका जोर्नीहरू (विशेष गरी औँलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोली गाँठा) दुख्ने सुन्निने र अररो हुन्छन्। बिहानीपख र दिन ढल्दै गएपछि हात गोडा कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुल खोल्न तथा राति सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ।
रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हात गोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अङ्गहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ। यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्र मार्ग जस्ता अङ्गको इन्फेक्सन बढी र जटिल रूपमा देखिने सम्भावना हुन्छ।
यसका दीर्घकालीन असरहरू
समयमै सही उपचार नभएमा र्यूमटोईट आरथ्राइटिस बढ्दै गई हात गोडाका जोर्नीहरू बिग्रने, बाङ्गिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ। कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहन सक्छ।
भिडिओ
फाल्गुन ३, २०७७ मा पहिलोपटक केटिएम दैनिकमा प्रकाशित भएको यो सामाग्रीलाई पुन: प्रकाशन गरिएको हो ।