- डा विवेक शर्मा
प्रत्येक वर्ष नेपाल सहित विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’मनाउने गरिन्छ । इट्स टाइम फर एक्सन अर्थात् ‘यो कार्यको लागि समय हो’ भन्ने नाराका साथ विश्वभर सन् २०२४ मा उक्त दिवस मनाइंदैछ। हेपाटाइटिस कलेजोको सङ्क्रमण हो । यो रोग विभिन्न किसिमका भाइरस ले हुने गर्दछ । मुख्य ५ प्रकारका हेपाटाइटिस भाइरस हुन्छन् ।
रोगको सर्ने तरिका र दीर्घकालीन असरलाई अध्ययन गर्दा भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ई लाई दुई समूहमा बाँड्न सकिन्छ ।
हेपाटाइटिस ‘ए’ र ‘ई’ पानी र दूषित खानाबाट सर्छ । जुन विकसितभन्दा अविकसित मुलुकमा धेरै मात्रामा हुन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’को क्षणिक असर हुन्छ ।
हेपाटाइटिस ‘बी’ र ’सी’ रगत र रगतको अन्य माध्यम तथा असुरक्षित यौन सम्पर्कबाट सर्छ । हेपाटाइटिस ‘बी’ र ’सी ले दीर्घकालीन कलेजो को रोग, कलेजोको क्यान्सर पनि गराउन सक्छ ।
हेपाटाइटिस ’ए’र ‘ई’ भएको छ भने सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । त्यसको एक हप्तापछि कमलपित्त हुने, पिसाब पहेँलो हुने, आँखा पहेँलो हुन्छ भने जिउ चिलाउने हुन्छ । बालबालिका तथा गर्भवती महिलाहरूमा समेत यो देखिन सक्छ । यो आफै निको हुँदै जान्छ।
हेपाटाइटिस ‘बी’ र ‘सी’मा अधिकांश मान्छेमा पहिला लक्षण हुँदैन । जण्डिस हुँदै गएपछि जिउ गल्ने र कलेजो बिग्रन समेत सक्छ । दीर्घकालीन कलेजो रोगमा पेटमा पानी, रगत बान्ता, बेहोस हुने आदि हुन्छ । केही बिरामीलाई अस्पतालमा समेत भर्ना गर्नुपर्ने हुन्छ ।
दीर्घकालीन हेपाटाइटिस ‘बी’ निर्मूल हुँदैन तर औषधिको सेवनले नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै दीर्घकालीन हेपाटाइटिस सी’ औषधिको प्रयोग गरेर निर्मूल गर्न सकिन्छ ।
हेपाटाइटिस भएका बिरामीलाई स्वस्थ खाना, स्वच्छ, पौष्टिक,सन्तुलित आहार बिहार गर्नु पर्दछ । कुनै पनि खानेकुरा बार्नु जरुरी पर्दैन तर धेरै भुटेको , तारेको, मद्यपान, धूम्रपान गर्नु हुँदैन ।
विज्ञ चिकित्सकको परामर्श बिना औषधि सेवन गर्न हुँदैन । हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । सन् २०३० सम्ममा हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।
बर्खायाममा कान किन धेरै पाक्छ ? के छ उपचार विधि !
डा.आनन्द घिमिरे बर्खा याममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा...
सोमबार, साउन १४ २०८१हेपाटाइटिस ए र बि खोप बाट नियन्त्रण गर्न सकिन्छ । स्थानीय निकाय, सरोकारवाला, प्रतिनिधि, तथा सरकारको बिचमा आवश्यक समन्वय तथा समुदाय स्तरमा हेपाटाइटिस रोगको सचेतना, पहिचान र भ्याक्सिन उपलब्ध गराउन सकिएको खण्डमा सङ्क्रमण रोक्न मद्दत पुग्नेछ ।
साथै सङ्क्रमण फैलन नदिन कन्ट्रयाक ट्रेसिङको माध्यम बाट सङ्क्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरू भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाउन सकिएमा थप प्रभावकारी हुनेछ ।
सरकारले पोलियो खोपको कार्यक्रम सफलतापूर्वक चलाए जस्तै हेपाटाइटिस बी को सबै नेपालीलाई रक्त परीक्षण गरी खोप लगाउनु जरुरी छ । जसले राष्ट्रको जनधनको ठुलो क्षति हुनबाट बचाउँछ । अर्को तर्फ हेपाटाइटिस ए र इको महामारीबाट बच्न सबै घर घरमा चर्पीको व्यवस्था, गाउँ शहरमा जताततै ढल निकासी, राम्रो र शुद्ध खानेपानीको व्यवस्था गर्न जरुरी देखिन्छ ।
(डा. शर्मा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका सिनियर कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट हुन् ।)