काठमाडौं । संसारका आधा जसो मानिसहरू खान नपाएर भन्दा खान नजानेर विभिन्न खाले स्वास्थ्यसँग सम्बन्धित समस्या झेल्दै आएको विभिन्न तथ्याङ्कले देखाएको छ ।
आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरीरलाई सन्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विषसरह बन्छ ।
कुन खानेकुरा कुन समय, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिन सके मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ। मानिस निरोगी बन्छ। के हुन् त ती खानेकुरा ? हामीले केही हेल्थ टिप्स तयार पारेका छौ ।
१) दूध चिया : बिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने यस्तो बानी त्याग्नुहोस् । दूध चियाले तपाईँको पेटमा ग्यास्ट्रिकको समस्या असाध्यै बढाउँछ ।
बिहान मनतातो पानी, वा अघिल्लो दिन तामाको भाडा वा विजय सालको काठको ठेकीमा राखिएको पानी स्वास्थ्यका लागि निकै फलदायी हुन्छ । चिया नै नपिई हुँदैन भने ब्ल्याक टी वा ग्रिन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव छ ।
२) मसालेदार खाना : तपाई ब्रेकफास्टमा बिहानै खाली पेटमा मसलेदार स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने स्वास्थ्यमा निकै ठुला समस्या देखिन्छ । बिहान तपाईँले लिनुभएको यस्तो ब्रेकफास्टले पुरै दिन तपाईँको पेटमा एसिडिटी बनाउँछ । चिकित्सक भन्छन्, दिनभरि ढ्याउ आउने, अपाच्य भएजस्तो हुने, पेट पोल्ने, अल्सर जस्ता रोग पनि देखिन सक्छ ।
३) केरा : खाली पेटमा केरा खानु हुँदैन । बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् । बिहानै खाली पेटमा सेवन गरेको केराबाट हाम्रो शरीरमा म्याग्नेसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु हुन्छ । परिणामस्वरूप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिन्छ।
४) गोलभेँडा : गोलभेँडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । फेसमा कान्ति ल्याउन समेत यसको प्रयोग हुन्छ । तर तपाईँलाई थाहा छ ? एकाबिहानै खाली पेटमा गोलभेँडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरूप पेट दुख्ने, ग्यास्ट्रिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको सम्भावना बढ्ने हुन्छ ।
५) औषधि : खाली पेटमा औषधी खाँदा उत्तिकै होसियार हुनुपर्छ । औषधिमा रहेको तत्त्व शरीरभित्र रहेका तत्त्वहरूसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठुलै समस्या निम्तन्छ । केही औषधी छोडेर प्राय औषधी डाक्टरले पनि खाना खाएपछि खानको लागि भन्नुको कारण पनि यही नै हो । रोग बिसेक पार्न खाएको औषधीले अरू रोग ननिम्त्याउन सक्छ ।
६) सोडा : खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर रासायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फुल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, छाती पोल्ने हुनसक्छ ।
७) सखरखण्ड : सखरखण्डमा प्रशस्त प्रोटिन पाइन्छ । तर खाली पेटमा यसको सेवन राम्रो नहुने चिकित्सकको भनाई छ । यसमा अधिक मात्रामा हुने प्रोटिनले ग्यास्ट्रिकको समस्या बढ्छ । परिणामस्वरूप पेट पोल्ने, पेट दुख्ने, ज’लन र पेट फुल्ने समस्या हुन्छ ।
८) अल्कोहल : खाली पेटमा अल्कोहल खानु पनि वि*ष सरह हुन्छ । यो कुरा विभिन्न अनुसन्धानले पनि देखाएका छन् । अझै घरेलु मदिराको सेवनले मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले चिकित्सक भन्छन्, बिहान केही नखाईकन अल्कोहलजन्य पदार्थ नखानुस् ।
९) कोल्ड ड्रिङ्स : खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट ए’सिड र पेटको ए’सिडसँग मिसिँदा गम्भीर समस्या निम्तिन सक्छ । पेटमा ग्यास भरिने, वाकवाकी हुने, वान्ता हुने, असहज हुने आउने जस्ता समस्या हुन्छ ।
१०) अमिलो फल : खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा, अचार, लप्सी आदि फल खाली पेट खानु हुँदैन । अङ्गुर, आँप तथा अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।