
हेटौंडा । आज दिउँसो हेटौंडाबाट जुरेली तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा उक्त बसमा सवार ३६ जना यात्रुहरू घाइते भएका छन् ।
आज दिउँसो ४:२० बजेको समयमा मकवानपुर बकैया गाउँपालिका-५ तिन तले नजिक धरान चतरा सडक खण्डमा हेटौडा बाट जुरेली तर्फ जाँदै गरेको ना १ ख ३९८८ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस आफै अनियन्त्रित भई सडक बाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरू घाइते भएका छन् ।
घाईतेको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैया गाउॅपालिकाका अध्यक्ष धर्मराज लामिछानेका अनुसार केही घाइतेहरूलाई उपचारको लागि काठमाडौं लगिएको छ । उनका अनुसार सबै घाइतेहरू खतरामुक्त छन् ।
घाइतेको विवरण
१) मकवानपुर बकैया गाउँपालिका-६ सुधा बस्ने बर्ष ३१ कि सुभद्रा सुनार टाउको दुबै खुट्टार हातमा चोट अवस्था मध्यम ।
२ ) निजको छोरा बर्ष ६ को सफल बिक शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
३) ऐ.ऐ ५ बस्ने बर्ष ३२ सौगात लामा टाउकोमा चोट अवस्था मध्यम ।
४) निजको छोरी बर्ष ६ कि शारदा लामा , हातमा चोट अवस्था मध्यम ।
५) ऐ.ऐ ७ बस्ने बर्ष २० कि शुस्मा माझी टाउको छातीमा चोट अवस्था सिरियस ।
६) ऐ.ऐ बस्ने बर्ष १५ कि प्रतिमा माझी हात र खुट्टामा चोट अवस्था सामान्य ।
७) ऐ.ऐ ५ बस्ने बर्ष ६३ को राम प्रसाद चौलगाई कम्मरमा भित्री चोट अवस्था मध्यम ।
८) ऐ.ऐ ७ ज्यामिरे बस्ने बर्ष १५ को रविन बल टाउको ढाडमा चोट अवस्था मध्यम ।
९) ऐ.ऐ ७ छतिवन बस्ने बर्ष ३४ कि चन्द्र माया रुम्वा टाउकोमा र छातीमा चोट अवस्था मध्यम ।
१०) निजको छोरी बर्ष ७ कि बर्ष रुम्वा टाउकोमा चोट अवस्था मध्यम ।
११) ऐ.ऐ ७ छतिवन बस्ने बर्ष ४० को विर बहादुर रुम्वा टाउको छातिमा चोट अवस्था मध्यम ।
१२) ऐ.ऐ ५ बस्ने बर्ष ३५ कि सुनिता सिलवाल टाउकोमा चोट अवस्था मध्यम ।
१३) ऐ.ऐ ७ बस्ने बर्ष १५ कि रिस्ता स्याङ्तान हात र खुट्टामा चोट अवस्था मध्यम ।
१४) ऐ.ऐ ७ बस्ने बर्ष २५ को तुले बल टाउको र नाकमा चोट अवस्था मध्यम ।
१५) ऐ.ऐ ५ बस्ने बर्ष ३७ कि लक्ष्मी थिंङ् हात र कम्मरमा चोट अवस्था मध्यम ।
१६) ऐ.ऐ बस्ने बर्ष २६ कि कल्पना गोले अवस्था सामान्य ।
१७) निजको छोरा बर्ष ५ को श्रीयन जिम्वा हातमा चोट अवस्था मध्यम ।
१८) ऐ.ऐ ६ बस्ने बर्ष २७ कि निमा थिङ् खुट्टामा चोट अवस्था मध्यम ।
१९) ऐ.ऐ ६ बस्ने बर्ष ५६ कि चिनिमाया बोम्जन हातमा चोट अवस्था मध्यम ।
२०) ऐ.ऐ ५ बस्ने बर्ष ४० को दिल कृष्ण राई टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
२१) ऐ.ऐ ६ बस्ने बर्ष ६५ को मंगल राज माझि खुट्टामा चोट अवस्था मध्यम ।
२२) ऐ.ऐ ५ बस्ने बर्ष ४२ कि तुलसा नेपाली पेट र छातीमा चोट अवस्था मध्यम ।
२३) ऐ.ऐ ७ बस्ने बर्ष २५ कि लिला राई खुट्टामा चोट अवस्था सामान्य ।
२४ ) ऐ.ऐ ५ बस्ने बर्ष ३४ कि गिता बि.क टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
२५ ) ऐ.ऐ बस्ने बर्ष ६० कि तुलसा माझी छातीमा चोट अवस्था मध्यम ।
२६ ) ऐ.ऐ बस्ने बर्ष ३२ कि राधिका माझी टाउकोमा चोट अवस्था मध्यम ।
२७) ऐ.ऐ बस्ने बर्ष ३४ कि सावित्रा चौलगाई टाउकोमा चोट अवस्था मध्यम ।
२८) ऐ.ऐ ७ बस्ने बर्ष २० कि सुनिता भोम्झन खुट्टमा चोट अवस्था सामान्य ।
२९) ऐ.ऐ बस्ने बर्ष १८ कि डोल्मा लोप्चन दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
३०) बर्दिया खैरहनी गाउँपालिका-१२ बस्ने बर्ष २० को अशिम थारु हात र खुट्टामा चोट अवस्था सामान्य ।
३१) ऐ.ऐ बस्ने बर्ष २५ को बिशाल थारु खुट्टामा चोट अवस्था सामान्य ।
३२) मकवानपुर बकैया गाउँपालिका-५ बस्ने बर्ष ४३ कि उर्मिला राई अवस्था मध्यम ।
३३) ऐ.ऐ बस्ने बर्ष अ.४० को बोलाई सम्बन्धी अपाङ्गता भएको व्यक्ति छातीमा चोट अवस्था मध्यम ।
३४) ऐ.ऐ बस्ने बर्ष ३० कि जानुका माझी टाउकोमा चोट अवस्था मध्यम
३५ निजको छोरी बर्ष ६ कि अन्जली माझी टाउकोमा चोट अवस्था मध्यम ।
३६) निजको छोरा बर्ष ३ को रोमियो माझी अवस्था सामान्य