नुवाकोट । साइकलबाट लडेर नुवाकोटमा ६० वर्षका पुरुषको निधन भएको छ ।
आज दिउँसो १२:०० बजे बिदुर नगरपालिका-७ सानुगाउँमा स्थानीय दक्षमान तामाङले चलाएको साइकल अनियन्त्रित भएर सडकबाट अन्दाजी पाँच मिटर तल झरेको थियो ।
साइकल दुर्घटनामा परेका तामाङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खड्काले बताए ।
मृतक तामाङको शव जिल्ला अस्पताल त्रिशुलीमा पोष्टमार्टम पश्चात उनीहरूको आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।