
जनकपुर । स्रोत नखुलेको साढे २० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आज दिउँसो प्रहरीले उनको साथबाट स्रोत नखुलेको रू १ हजार दरको नोट १८५० थान र रू ५ पाँच सय दरको नोट ४०० थान गरी जम्मा रू बीस लाख पच्चास हजार बरामद गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार घर बताउने अन्दाजी वर्ष २० को राजेश साह रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले जनकपुरधाम उपमहानगर-४ स्थित सडकमा चेकजाँच गरेको थियो ।
उक्त चेकप्वाइन्टमा साहमाथि शंका लागेर खानतलासी गर्दा उनले बोकेको झोलामा उक्त रकम भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले बताए ।
तीन युवाको साथबाट नेपाली नम्बरको सिमसहितको एक मोबाइल समेत भेटिएको छ ।
पक्राउ परेका युवालाई आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएको डिएसपी गौतमले बताए ।