
सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकमा टिपरको ठक्करबाट एक बालिकाको घटनास्थलमै निधन भएको छ ।
आज बिहान सवा ९ बजे चौतारा बाट बन्देउ तर्फ जादै गरेको बा ५ ख ६७९० नम्बरको टिपरले बालिकालाई ठक्कर दिएको हो ।
टिपरको ठक्करबाट बाह्रविसे नगरपालिका-३ बस्ने अन्दाजी १२ वर्षकी बेली बि.क.को घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव कुमार यादवले बताए ।
घटनास्थलबाट टिपर चालक स्थानीय २८ वर्षको सुवास गिरी र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।