काठमाडौं । भोजपुर र रुपन्देहीमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै सोही उमेरकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका-२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तैगरी बर्दियामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।