
जनकपुर । पानी तान्नको लागि जडान गरिएका मोटर चोरी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट विभिन्न मितिमा चोरी भएका १२ वटा मोटरसमेत बरामद भएको छ ।
पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका-२ बस्ने बर्ष १९ को शिव कुमार महरा रहेका छन् ।
उनलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जनकपुरका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए ।
विभिन्न मिति र स्थानमामा घरमा जडान भएका मोटर चोरी भएको भन्दै प्रहरीमा जुरी परेको थियो ।
पक्राउ परेका महरालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ ।