काठमाडौं । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ बगरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ ।
बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
नोट: यसमा प्रयोग गरिएको स्केच ‘बलात्कारविरुद्धको कानुनसम्वन्धी जानकारी पुस्तिका‘ बाट लिइएको हो ।