
भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित एक रिसोर्ट १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ ।
आइतबार दिउँसो ती किशोरिमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी परेको हो ।
इलाम नगरपालिका-९ घर भई हाल काठमाडौंको नरेफाट बस्ने ५२ वर्षीय सूर्य भण्डारीलाई किशोरीमाथि जबरजस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको परिसरका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरी/बालिकाहरूको मञ्जुरीमै राखिएको शारिरीक सम्वन्धलाई पनि बलात्कार ठहर गर्दछ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) घ का अनुसार स्रोह वर्ष देखि १८ वर्ष उमेरका किशोरीमाथि जबरजस्ती करणी गर्नेलाई १० देखि १२ वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ ।
उदयपुरमा २५ वर्षे युवकबाट ५८ वर्षकी महिला बलात्कृत
उदयपुरमा ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।