सिन्धुली । सिन्धुलीमा बिच्छिले टोक्दा एक बालिकाको निधन भएको छ ।
निधन हुने जिल्लाको हरिहरपुरगढि गाउँपालिका-३ कुडुले बस्ने रमिला पाख्रिनको पाँच वर्षको छोरी सोनिया पाख्रिन रहेकी छन् ।
घरमा सुतिरहेकी बालिकालाई आइतबार राती ११:०० बजे अचानक बिच्छिले टोकेको बताइएको छ ।
घाइते भएकी बालिकालाई तत्काल उपचारको लागि जिल्ला अस्पताल मकवानपुर लगिएको थियो ।
अस्पतालमा उपचार गराउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक केशव कटुवालले बताए ।