काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे ।
पत्रकार सम्मेलनमा उपस्थित जिल्ला सङ्घका प्रतिनिधिहरूले बागमती प्रदेश क्रिकेट सङ्घको निर्वाचनमा पारसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्य हुन् ।
चितवन र नुवाकोट जिल्ला पनि बागमती प्रदेश क्रिकेट सङ्घका सदस्य हुन् । यी दुई जिल्लाका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।