काभ्रे । बनेपा नगरपालिका-१३ भैसिँपाटीस्थित सडकमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा.प्र०३-००१ ख १५८६ नम्बरको ट्रकले बा.प्र-०२-०३४ प ११६७ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक धुलिखेल नगरपालिका-१ बस्ने २१ वर्षीय अभिषेक न्यौपानेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।