सिरहा । सिरहामा अवैध लागूऔषध बोकेर यात्रा गरिरहेको अवस्थामा दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ सिरहा नगरपालिका-१४ खिरौना लच्का स्थित माडर सिरहा सडक खण्डमा खटिएको खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा अटोमा सवार दुई महिलाको साथमा लागुऔषध बरामद भएको हो ।
पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरी र सिरहा नगरपालिका-१७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुन रहेका छन् ।
चौधरीले बोकेको ह्याण्ड ब्याग भित्र लागूऔषध नाईट्रोभेट 10 लेखिएको २० पता (६०० पिस ट्याब्लेट) बरामद भएको छ साथै सँगै यात्रा गरेकी खातुनको साथबाट प्रहरीले नगद रु ३१ हजार ५०० बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेले बताए ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।