सर्लाही । जिल्लाको पर्सा गाउँपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिकाको निधन भएको छ ।
निधन हुनेमा स्थानीय हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनिशा कुमारी पासवान रहेकी छन् ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय बौदीमाई पोली क्लिनिकमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उक्त घटनामा घाइते भएकी अर्की एक ८ वर्षीया बालिकाको सोही क्लिनिकमा उपचार भइरहेको छ ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।