सिन्धुली । जिल्लाको सिन्धुली दुधौली नगरपालिका-२ भलुवाहीमा एक बालकको खोलामा डुबेर निधन भएको छ ।
आज दिउँसो घरमा कोही पनि नभएको अवस्थामा घरनजिकैको कमलाखोलामा पुगेका बालकको डुबेर निधन भएको हो ।
निधन हुनेमा स्थानीय सुकदेव कुमरको छोरा ८ वर्षको आयुष कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले केटिएम दैनिकलाई बताए ।
गाई चराउन गएका मानिसहरूले बालक खोलामा डुबेको देखेपछि तत्काल उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगेका थिए ।
डुबेर घाइते भएका बालकको उपचारको क्रममा निधन भएको प्रहरी प्रवक्ता दाहालले बताए ।