महोत्तरी । स्रोत नखुलेको १० लाख तीस हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
हिजो दिउँसो भारतीय नम्बर प्लेट बीआर३०डब्लू ५३५२ रहेको मोटरसाइकलमा भिठ्ठामोडबाट जलेश्वर तर्फ जादै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिहारको सितामढी थाना सुरसण्ड ग्राम बस्ने बर्ष २० को चन्दन कुमार साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले केटिएम दैनिकलाई बताए ।
प्रहरी चौकी भिठ्ठामोड महोत्तरीबाट खटि गएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको रु दस लाख तीस हजार नेपाली रुपैंया बरामद भएको थियो ।
प्रहरीले उक्त रकम र मोटरसाईकल सहित साफीलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको डिएसपी गिरीले बताए ।
त्यस्तै, महोत्तरी प्रहरीले बिहीबारै अवैध काठ समेत बरामद गरेको छ । बर्दिबास नगरपालिका-१ पुरानो वडा कार्यालयको छेउमा निर्माणधिन घरको अगाडि बा.१८ च. १३७१ न. को पिकअप गाडिबाट अवैध काठ बरामद भएको हो ।
साल जातको चिरान काठ अनलोड गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी गस्ति टोलिले सोधपुछ गर्दा कागजात बिनाको ७६.६६३ कयू. फिट चिरान काठ फेला पारेको हो ।
बरामद काठ तथा पिकअप र पिकअप चालक बर्दिबास-१ बस्ने बर्ष ३२ को सन्तोष तामङलाई थप अनुसन्धान तथा कारवाहीको लागि सब डिभिजन वन कार्यालय बर्दिबास महोत्तरीमा बुझाईएको प्रहरीले जनाएको छ । ।