सिन्धुली । काठमाडौँबाट बाट मोरङ तर्फ आउँदै गरेको हाईसमा सवार एक वृद्ध महिलाको बुधवार निधन भएको छ ।
बा३ख ८०८८ नम्बरको हाईसको १० नम्बर सिटमा रहेकी कमलामाई नगरपालिका-१० बस्ने वर्ष ७४ की विमला परियारको निधन भएको हो ।
बिहान खाना खाने ठाउँमा रोक्दा सबै यात्रुहरू झरे पनि परियार नझरेपछि हेर्दा उनी बेहोस अवस्थामा फेला परेकी थिइन् ।
सोही हाईसमा रहेका उनका आफन्तले तत्काल परियारलाई जिल्ला अस्पताल सिन्धुली लगेका थिए । चिकित्सकले वृद्धाको अस्पताल ल्याउनु अगावै निधन भएको घोषणा गरेका हुन् ।
मृतक परियारको शव उनका छोराले बुधवार साँझ अस्पतालबाट बुझेर लगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले केटिएम दैनिकलाई बताए ।