धादिङ । सर्पको टोकाईबाट धादिङमा एक जनाको ज्यान गएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-४ बिगांउ बस्ने वर्ष ४५ को किशन श्रेष्ठलाई सर्पले डसेकोमा उपचारको क्रममा निधन भएको हो ।
बुधबार बेलुका घरमा बसिरहेको अवस्थामा श्रेष्ठलाई सर्पले टोकेको थियो । सर्पको टोकाईबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु काठमाडौं लगेकोमा उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।