मोरङ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षका किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका किशोर हुन् । उनी १८ वर्षभन्दा कम उमेरको भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी भएको बताइएको छ ।
महिलाका आफन्तले ईलाका प्रहरी कार्यालय बेलबारीमा दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले बताए ।
पक्राउ परेका किशोरमाथि थप अनुसन्धान जारी रहेको प्रवक्ता दाहालले बताए ।