धनुषा । जिल्लाको कमला नगरपालिका-६ स्थित सडकमा ज.१३ प ३५५ नम्बरको मोटरसाइकलबाट लडेर सोही ठाउँ बस्ने ६० बर्षीया रानिबत्ती देवी महतोको आइतबार दिउँसो मृत्यु भएको छ ।
मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका उनको न्युरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।