उदयपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई उनीहरूकै सहमतिमा शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई बलात्कार ठहर गर्दै पीडितको उमेर र परिस्थिति हेरेर सजाय निर्धारण गरेको छ ।