जनकपुर । घरअगाडि पार्किङ गरिराखेको ट्याक्टर चोरी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको धनौजी गाउँपालिका-३ बस्ने फिरोज साहुले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ज १त ८६९१ नं. ट्रयाकटर चोरी बुधबार राती चोरी भएको थियो ।
प्रहरीले चोरी भएको ट्याक्टर खोजतलास गर्ने क्रममा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरमा फेला पारेको छ ।
उक्त ट्याक्टरको चलाइरहेको अवस्थामा चालक धनुषाधाम नगरपालिका-५ बस्ने वर्ष २६ को धर्मेन्द्र कुमार साह समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।
चालक साहले नै उक्त ट्याक्टर चोरी गरेका हुन वा सो कार्यमा अन्य व्यक्तिहरूको संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रवक्ता गौतमले केटिएम दैनिकलाई बताए ।