जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरमा बिचौलिया काम गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगर-१४ बस्ने वर्ष २६ को सुवास कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले केटिएम दैनिकलाई बताए ।
प्रवक्ता गौतमका अनुसार यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
बिहीबार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यसअघि प्रहरीले यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।