बर्दिया । बर्दियामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरिएको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकालाई नीजकै मञ्जुरीमा शारिरीक सम्वन्ध राखेतापनि उक्त सम्वन्धलाई बलात्कार ठहर गर्दै बालिकाको उमेर र परिस्थिति हेरेर विभिन्न कैद सजाय निर्धारण गरेको छ ।