दाङ । दाङमा एक ९ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी भएको छ ।
एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी रामले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई उनीहरूकै मञ्जुरीमा शारीरिक सम्वन्ध राखेतापनि उक्त सम्बन्धलाई बलात्कार ठहर गर्दछ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) (क) अनुसार दश वर्षभन्दा कम उमेरकी बालिकामाथि जबरजस्ती करणी गर्नेलाई जन्मकैदको सजाय हुन्छ ।