चितवन । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दुर्गा चापागाईंका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत् उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उनको शनिवार मृत्यु भएको हो ।
जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।