काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् ।
जिल्लाको छथर गाउँपालिका-६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई जबरजस्ती करणी अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
पक्राउ परेका गुरुङमाथि जबरजस्ती करणी शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।