सिन्धुपाल्चोक । मायाबिच रिसोर्टमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका एक युवाको उपचारको क्रममा निधन भएको छ ।
बलराम गिरीले संचालन गरेको माया बिच रिसोर्टमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका-३ स्थाई घर भई हाल भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने बर्ष ३३ को अशोक गुरुङ शनिबार राती डुबेका थिए ।
पौडी खेल्ने क्रममा पानीमा डुबी अचेत अवस्थामा रहेका उनलाई धुलिखेल अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
मृतकको शव धुलिखेल अस्पतालमा राखिएको छ ।