सिन्धुली । सिन्धुलीमा एक मुखे रुद्राक्ष देखाएर दुई महिला ठगि गरेर फरार भएका छन् ।
जिल्लाको कमलामाई नगरपालिका-८ हर्दिया बस्ने अक्कल बहादुर तामाङको घरमा अपरिचित दुई तराई मुलका जस्तो देखिने महिलाहरुले ठगि गरेर फरार भएका हुन् ।
उनीहरूले तामाङ र उनको श्रीमतीलाई बहुमुल्य एक मुखे रुद्राक्ष भनी ललाई फकाई झुक्यानमा पारी एक तोला सुन र नगद रु.२५ हजार समेत लिई गएको खुलेको छ ।
तामाङले आफू ठगिएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय भिमान गएर निवेदन दिएपछि प्रहरीले दुई महिलाको खोजी तिब्र पारेको जनाएको छ ।