भक्तपुर । आफनै डेरामा वस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरागरी बस्ने दोलखा मेलुग गाउँपालिका-५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई मंगलबार बेलुका पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कुमार प्रसाद मैनालीले केटिएम दैनिकलाई बताए ।
पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।