धनुषा । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको एक महिना नबित्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका हुन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका-१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
जनकपुरस्थित जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला ल्याउने क्रममा सहिदनगर नगरपालिका-३ स्थित यदुकुहाबाट गुडिरहेको जीपबाट हाम फालेर मुखिया फरार भएका गौतमले बताए। फरार मुखियाको खोजतलास भइरहेको उनले जानकारी दिए।