
सिरहा लहान नगरपालिका-८ पशुपति स्कुलको गेट नजिकबाट ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद भएको छ ।
त्यहाँबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँको नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका-१९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उक्त नक्कली नोट सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।