
काभ्रेको पनौतीमा रहेको पनौती अंग्रेजी बोर्डिङ स्कुलमा भएको खेलकुद कार्यक्रममा तिर लागेर घाइते भएका बालकको उपचारको क्रममा निधन भएको छ ।
माघ ५ गते विद्यालयमा संचालन भएको तिर हान्ने खेल खेल्दा सोही बिद्यालयमा कक्षा-७ मा अध्यनरत बर्ष-१३ को समिर गुरुङको खुट्टामा तरले लागेको थियो । सोही विद्यालयको कक्षा ९ मा पढ्ने इशा बन्जराले हानेको तिर लागेर घाइते भएका बालकको सुरुमा स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरेर घर लगिएको थियो ।
बालकको घाउ बल्झिएपछि शुक्रबार उनलाई धुलिखेल अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा हिजो (शनिबार) बिहान ९:३० बजे चिकित्सकले मृत घोषित गरेका हुन् ।