नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।
सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा उदाएको छ । सात दल र तीन स्वतन्त्र पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले लामिछानेलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेबारी सुम्पेका छन् ।