भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा आफू बस्ने कोठामा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।