भक्तपुरको सूर्यबिनायक नगरपालिका-३ बालकोटमा १४ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी भएको छ । सोही स्थानमा बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
ती नाबालिगलाई खड्काले पटक पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले केटिएम दैनिकलाई बताए ।
त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ मातातिर्थमा १६ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी भएको छ । सोही स्थानमा बस्ने २८ वर्षीय चन्दन महर्जनले ती नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी उजुरी परेको छ ।
उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।