राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको जीवनमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जीवन र मरणसँग गासिएको बताएका छन् ।
राप्रपा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ को विस्तारित बैठकलाई सम्बोधन गर्दै लिङ्देनले आगामी चुनावमा पार्टीलाई असफल हुने कुनै छुट र सुविधा नरहेको स्पष्ट पारे ।
उनले भने, “नेपालको राजनीतिमा र खासगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनमा यो अहिले मंसिर ४ गते हुने चुनाव जीवन र मरण सँग गासिएको छ । यो चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई असफल हुने कुनै पनि सुविधा र छुट छैन् ।”
लिङ्देनले आगामी चुनावमा राप्रपा असफल भए परिवर्तनको चाहाना राख्ने देशबासीहरुमाथि पनि धोका हुने जिकिर गरे ।
विश्वका विकसित मुलुकहरुको तुलनामा नेपाललाई पुर्याउन र नेपालको निर्णायकत्व नेपालीकै हातमा फिर्ता ल्याउन जित्नै पर्ने अडान राखे । तीन दशकदेखि जनता र मुलुकलाई सिन्डिकेट खडा गरेर बन्धन बनाउने दलहरुलाई विस्थापित गर्न जरुरी रहेको उनको भनाई छ ।