रौतहटमा साइकलको ठक्करबाट एक बालिकाको निधन भएको छ ।
राजदेबी नगरपालिका-५ हजमिनिया पताहीमा सोही नगरपालिका-४ गढैया बस्ने लखन साहको छोरा १० वर्षीय संतोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका-६ मासटोल बस्ने रामप्रवेश रामको छोरी १० वर्षीया अंजली कुमारी रामको मृत्यु भएको छ ।
बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको ए.एल.एस.न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।