काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले १६ हजार ५०० मत कटाएका छन् ।
पछिल्लो मतगणनाअनुसार साहले १६५३७ मत पाउँदा नेकपा एमालेका केशव स्थापितको मत ८५४८ छ । तेस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७६९० मत पाएकी छन् ।
साह स्थापित भन्दा सात हजार ९८९ मतले अगाडि छन् भने सत्ता गठबन्धनकी सिंह स्थापितभन्दा ८५८ मतले पछि परेकी हुन् ।
बालेन र गठबन्धनकी सिंहबीच भने ८ हजार ८४७ मतको अन्तर रहेको छ ।
मंगलबार सम्म स्थापितलाई ६ हजार मतको हाराहारीमा अग्रता लिएका साहले बुधबार भने मतान्तर बढाउँदै आठ हजार हाराहारीमा पुर्याएका हुन् ।