काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहको रफ्तार बढेको बढ्यै छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार साह नेकपा एमालेका केशव स्थापित भन्दा ५९९९ मतले अगाडि छन् ।
अहिलेसम्म महानगरको १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको गणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार साहले १२८७७ मत पाउँदा स्थापितले ६८७८ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५९५७ मतका साथ स्थापितलाई पछ्याइरहेकी छिन् ।
स्थापित र सिंहबीच ७७७ मतको अन्तर रहेको छ । यसअगाडी उनीहरूबीच ७४९ मतको अन्तर रहेकोमा पछिल्लो गणनामा स्थापितले मतान्तर बढाउँदै लगेका हुन् ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले १२१५७ मत ल्याउँदा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ३६१४ मत पाएका छन् । श्रेष्ठलाई राप्रपाकी बिनिता मगैयाले २६२८ मतका साथ पछ्याइरहेकी छन् ।
रोचक बन्दै गइरहेको काठमाडौं महानगरमा नेकपा एमालेले उपप्रमुखमा उत्साहजनक भोट पाइरहेको छ भने राप्रपाले प्रमुखमा एक हजार भन्दा कम भोट पाउँदा उपप्रमुखमा भने राम्रै मत पाइरहेको छ ।