काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले साढे १२ हजार मत कटाएका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार उनी नेकपा एमालेका केशव स्थापित भन्दा ५८४७ मतले अगाडि छन् ।
साहले १२५५३ मत पाउँदा स्थापितले ६७०६ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५९५७ मतका साथ स्थापितलाई पछ्याइरहेकी छिन् ।
स्थापित र सिंहबीच ७४९ मतको अन्तर रहेको छ । यसअगाडी उनीहरूबीच ८४६ मतको अन्तर रहेकोमा पछिल्लो गणनामा सिंहले मतान्तर कम गरेकी हुन् ।