काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर फराकिलो पार्दै गइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार साह नेकपा एमालेका केशव स्थापित भन्दा ३६ सय ५८ मतले अगाडि छन् ।
हालसम्मको मतगणना अनुसार लौरो चुनाव चिह्नका साहले ७७७१, स्थापतिले ४११३ मत पाउँदा गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३५७३ मत पाएकी छन् ।
स्थापित र सिंहबीच ५४० मतको अन्तर छ ।
यस्तैगरी उपप्रमुख पदमा एमालेकी सुनिता डंगोल ६५५७ मतका साथ अग्रस्थानमा हुँदा गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन् । सोही पदमा राप्रपाकी बिनिता मगैया १०७६ मत पाउँदा विवेकशील साझाकी कीर्ति तुलाधरको मत २९३ छ ।