पार्किङ गरेर राखेको पल्सर मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका -१५ मा रहेको ओम होटल एण्ड पार्टी प्यालेस अगाडि सोमबार बेलुका ११ बजे पार्किङ गरिराखेको ना.६३ प ९२७४ नम्बरको १५० सिसिको प्लसर मोटरसाइकलको लक भाँचेर चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वारा जिल्ला परवानीपुर गाउँपालिका २० वर्षे साहिल पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका डुम्जनमाथि चोरी सम्वन्धि कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले केटिएम दैनिकलाई बताए । यसअगाडि माघ १५ गते पनि प्लसर मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा वीरगञ्जबाट एक युवक पक्राउ परेका थिए ।