पार्किङ गरेर राखेको पल्सर मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकामा रहेको सानो पाइला भोजनालय अगाडि शनिबार बेलुका १० बजे पार्किङ गरिराखेको ना.५३ प ४२८५ नम्बरको २०० सिसिको मोटरसाइकलको लक भाँचेर चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनका २८ वर्षे रोशन डुम्जन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका डुम्जनमाथि चोरी सम्वन्धि कसुरमा अदालतबाट ५ दिनको म्यान लिएर अनुसन्धान भइरहेको प्रवक्ता खनालले केटिएम दैनिकलाई बताए ।