ललितपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएकाले आजदेखि पाँच दिनका लागि बन्द भएको छ ।
पाँचदिनसम्मका लागि महानगरपालिकाबाट प्रदान गर्ने अत्यावश्यका सेवाबाहेका अन्य सेवाहरु बन्द भएको महानगरले जनाएको छ ।
महानगरबाट दिइदै आएको सेवाहरु स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् ।