नेपालमा छायांकन भएको साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ ।
२ मिनेट ४१ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ ।
नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।
राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिका छ ।
उक्त चलचित्रको नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत छायाँकन गरिएको थियो । नेपालमा काठमाडौं र मुस्ताङ्गमा छायाँकन गरिएको हो ।
हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा यो फिल्म रिलिज गरिने बताइएको छ