नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन्।
बिहीबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।चुनावहरूको शिलशिला सुरु भएको उल्लेख गर्दै उनले ती चुनावहरूमा आफूहरूले विजय प्राप्त गर्ने बताए।
उनले एकीकृत समाजवादी पाटीका विभिन्न कामहरू व्यवस्थित हुँदै पालिका, जिल्लाहरूमा कमिटी गठन भइरहेको बताए। एमसीसीको बारेमा छलफल भइरहेको उनले बताए। अध्यक्ष नेपालले आफूहरु नेपाली जनताको विश्वास जित्न लागि परेको बताए।
उनले नेतालाई मन परेको जनतालाई मन नपर्ने र जनतालाई मन परेको नेतालाई मन नपर्ने कुरामा छलफल हुनुपर्ने बताए। नेता नेपालले देशको रक्षा गर्न एकीकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजगारी र जनताको हितका विषयमा पाटी गम्भीर रहेको बताए। प्रतिगमनविरुद्धको आन्दोलन जारी रहेकोमा उनले जोड दिए।